Comments Add Comment

युट्युबमा स्वस्तिमाको क्रेज

नेपाली चलचित्रकी सफल नायिका स्वस्तिमा खड्काले शनिबार आफ्नो जन्मदिन मनाइन् । जन्मदिनको अवसरमा नायिकालाई उनका फ्यान, साथी र आफन्तले शुभकामना दिए ।

कोरोना भाइरसका कारण भिडभाड गर्न नमिलेपछि स्वस्तिमाको जन्मदिन यसपटक गतवर्षको जस्तो विशेष भने बन्न सकेन । उनले सीमित साथीभाइ र श्रीमान् निश्चल बस्नेतको साथमा जन्मदिन मनाएकी छन् ।

चलचित्र ‘होस्टेल रिटन्स’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी यी नायिकाको ‘चपली हाइट ३’ नामक चलचित्र रिलिजको क्रममा छ ।

स्वस्तिमाले अभिनय गरेका ‘नाइँ नभन्नु ल ५, छक्का पन्जा २’ जस्ता चलचित्र बक्स अफिसमा सफल भए । स्वस्तिमाले चलचित्र ‘बुलबुल’बाट भने सर्वाधिक प्रशंसा कमाइन् । यो चलचित्रबाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत प्राप्त गरेकी नायिकाको माग अहिले ब्रान्ड बजारमा पनि छ ।

स्वस्तिमाले अभिनय गरेका चलचित्र तथा म्युजिक भिडियोले युटुबमा निकै राम्रो भ्युज पाएका छन् । उनले, अभिनय गरेको चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीत सर्वाधिक भ्युज कमाउने नेपाली गीत हो ।

यो गीतलाई युटुबमा करिब १३ करोड पटक हेरिएको छ । उनले अभिनय गरेको ‘नाँच फिरिरी’ बोलको गीतलाई युटुबमा ६ करोड पटक हेरिएको छ । यस्तै, स्वस्तिमा अभिनित चलचित्र ‘घाँमड शेरे’को ‘साली मन पर्‍यो’ बोलको गीतको भिडियोलाई युट्युबमा ५ करोड २० लाख पटक हेरिएको छ ।

स्वस्तिमाले नै अभिनय गरेको चलचित्र ‘जय भोले’मा समावेश ‘उम्लियो भने पोखिन्छ’ बोलको गीतलाई युट्युबमा दुई करोड १० लाख पटक हेरिएको छ ।

यसरी हेर्दा, युट्युबमा पनि स्वस्तिमाको खोजी सर्वाधिक भएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment