Comments Add Comment

परिवारको हत्या गर्ने धम्की दिएर बालिकामाथि पटक-पटक बलात्कार !

बहिनीलाई पनि शोषण गर्न थालेपछि बाहिरियो घटना

Photo Credit : प्रतीकात्मक तस्वीर

२१ असार, काठमाडौं । काठमाडौंको बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबर बताउने अर्जुन शिवाकोटी छन् ।

उनले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको पीडित बालिकाको भनाइ छ । प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुसम्म पुगेका थिए ।

महाशाखा उपत्यकामा भएका जघन्य प्रकृतिका अपराध अनुसन्धान गर्ने निकाय हो । ‘यो घटनामा स्थानीय प्रहरी कहाँ जान पीडित परिवारले अप्ठ्यारो मान्नु भएकाले हामीले अनुसन्धान गरेका हौं’, महाशाखा प्रमुख एसएसपी दिपक थापाले अनलाइनखबरसँग भने, ‘जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद लिएर अनुसन्धान भइरहेको छ ।’

थापाका अनुसार घटना संवेदनशील भएकाले महिला डीएसपीलाई खटाएर अनुसन्धान गरिएको थियो ।

‘बालिका डिप्रेसनमा’

थापाका अनुसार १४ वर्षीया बालिकालाई एक वर्षअघिदेखि यौन शोषण गर्दै आएको पाइएको छ । सोही कारण उनी डिप्रेसनको शिकार भएकी छिन् ।

पीडित बालिकाकी आमाका अनुसार उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, ग्राण्डीलगायतमा लगिए पनि समस्या समाधान भएको थिएन । तर कान्छी छोरीलाई पनि दुर्व्यवहार गर्न थालेपछि आफूले घटनाबारे थाहा पाएको उनी बताउँछिन् ।

‘तँलाई पनि मार्दिन्छु, बहिनीलाई पनि त्यस्तै गरिदिन्छु भनेको रहेछ’, पीडितकी आमा भन्छिन्, ‘छोरीले डरले भन्न सकिन, त्यही कारण ऊ भित्रभित्रै डिप्रेसनको शिकार भइसकिछे ।’

बिरामी भएर सुतेको अवस्थामा पनि शिवाकोटीले छोरीमाथि कुकृत्य गरेको उनको बुबाको भनाइ छ । आमालाई घटनाबारे बताएपछि पनि शिवाकोटीले प्रहरी प्रशासनसँग चिनजान भएको बताउँदै उल्टै धम्क्याएको बुबाको भनाइ छ ।

पीडितका अनुसार आमा र बुबा बाहिर गएका बेला शिवाकोटीले यौन दुर्व्यवहार गर्ने गरेका थिए । अहिले पीडित बालिकालाई मनोसामाजिक परामर्शदातामार्फत काउन्सिलिङ गरिराखिएको बताइएको छ ।

शिवाकाटीले भने अभियोग स्वीकारेका छैनन् । उनले ‘बच्चालाई काखमा राखेर खेलाउनु सामान्य’ भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment