Comments Add Comment

लकडाउनमा झ्यालबाट खिचेका ५ उत्कृष्ट तस्वीर सार्वजनिक

२१ असार, काठमाडौं । नेपाल पर्यटन बोडले आह्वान गरेअनुसार व्यक्तिले पठाएका झ्यालबाट खिचिएका तस्वीरमध्ये ५ उत्कृष्ट तस्वीर छनोट गरिएको छ । लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता चलाएको थियो ।

सोहीअनुसार सार्वसाधारणबाट तस्वीर माग गरिएको थियो । यसरी माग भएपछि सात सयभन्दा बढी फोटो प्राप्त भएका थिए । त्यसबाट उत्कृष्ट ५ तस्वीर छनोट गरी सार्वजनिक गरिएको बोर्डले जनाएको छ।

उत्कृष्ट पाँचमा छनोट भएका फोटोग्राफर प्रविन श्रेष्ठ, उमेश स्थापित, सुशील पौडेल, साम्दे शेर्पा र कमल कँडेलले खिचेका तस्वीर छनोट भएका छन् । यी तस्वीर छनोटमा मुख्य निर्णायकको भूमिका वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठले निर्वाह गरेका हुन् ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरू अनलाइनबाट पठाउन अनुरोध गरिएको थियो ।

नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट फोटो नेपाल डट ट्राभलमार्फत प्रतियोगितामा सहभागिता जनाइएको थियो । विजयीहरूलाई जनही दश हजार नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment