Comments Add Comment

लागूऔषध गाँजासहित एक जना पक्राउ

२१ असार, वीरगञ्ज । बाराबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका– ८ गम्हरगावा टोल बस्ने ६० वर्षीय बासुदेव महतोलाई पक्राउ गरेको हो ।

अवैध लागूऔषध गाँजा ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा आइतबार बिहान ४ बजे खटिएको प्रहरी टोलीले जितपुरसिमरा–१४ दुधौरा पुल नजिक सडकबाट उनलाई पक्राउ गरेको थियो । उनले प्लाष्टिकको बोरामा अवैध लागूऔषध गाँजा ५ किलो ५०० ग्राम राखेर पिठ्युँमा बोकी ल्याएका थिए । महतोविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

मास्क प्रयाेग नगर्ने ४१ जना पक्राउ

त्यस्तै बारा प्रहरीले मास्क प्रयोग नगर्ने ४१ जनालाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको महामारीको समयमा मास्क प्रयोग नगर्ने ४१ जनालाई नियन्त्रणमा लिइएको हो ।

संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रति व्यक्ति एक सय जरीवाना पश्चात उनीहरुलाई छाडिएको बारा प्रहरीले जनाएको छ । मास्क नलगाई व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चलाउने चालक, पैदल हिँडडुल गर्ने पैदल यात्रीहरुलाई केही दिन यता बारा प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमार्फत जरीवाना तिराएर छाड्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment