+
+
Shares

बाघको छालासहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते १४:२३

२२ असार, बुटवल । बाँकेको राप्ती सोनारीबाट बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ती मगर रहेका छन् ।

घर नजिकैको मकै बारीमा लुकाई राखेको अवस्थामा बाघको छाला र हड्डीसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले घर्तीलाई बाघको छाला र हड्डीसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले बताए ।

पक्राउ परेका घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता वैदवारले भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?