Comments Add Comment

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा थपलिया

२३ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा‍. राधिका थपलियालाई दिएको छ ।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी अर्को निर्णय नहुन्जेलसम्मका लागि डा. थपलियालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

गत १७ असारमा कार्यकारी निर्देशक रहेका रमेशकुमार पोखरेलले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

आर्थिक वर्षको अन्त्यमा राजीनामा दिँदा थुप्रै कामहरू रोकिएकाले तत्काल काम चलाउनका लागि थपलियालाई नियुक्ति दिइएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले बताए ।

डा. थपलिया यसअघि राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको स्वास्थ्य शिक्षा प्रशासकको कार्यरत थिइन् ।

बिमा बोर्डको कार्यकारी निर्देशक पद खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment