Comments Add Comment

मुहानपोखरीको मज्जा (फोटो फिचर)

२२ असार, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका मुहानपोखरीमा हिजोआज घुम्न जानेहरूको संख्या बढेको छ ।

वर्षायाममा पानीको मात्रा बढेर छाँगा ठूलो हुन थालेपछि त्यहाँ नुहाएर रमाइलो गर्ने र सहरी कोलाहलबाट मुक्त हुन चाहनेहरूका लागि उपयुक्त थलो बनेको छ, मुहान पोखरी ।

छाँगामा नुहाउने, एक आपसमा पानी छ्यापाछ्याप गरेर रमाइलो गर्ने र शान्त वातावरणको आनन्द लिनका लागि मानिसहरू यहाँ जाने गर्छन् । नगरकोट जाने बाटोमा पर्ने यो ठाउँ भक्तपुरको कमलविनायक खरिपाटी हुँदै जान सकिन्छ ।

हेर्नुहोस् तस्वीरहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment