+
+
Shares

अस्ट्रेलियाको मेलबर्नमा ६ साता लकडाउनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २३ गते १३:२९

२३ असार, काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा ६ साताका लागि लकडाउनको घोषणा गरिएको छ । भिक्टोरिया राजयका प्रिमियर डेनिअल एन्ड्र्युले मंगलबार कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै मेलबर्नमा ६ साता लकडाउन गरिने घोषणा गरेका हुन् । यो लकडाउन बुधबार मध्यरातिदेखि लागू हुनेछ ।

लकडाउनको क्रममा मानिसहरुलाई खाना किन्न जाने, काममा जाने, स्वास्थ्य सेवा लिने/दिने, व्यायाम गर्ने लगायतका कामलाई मात्र बाहिर निस्किन दिइनेछ । भिक्टोरियाको मिचेल सायरमा पनि ६ साताको लागि लकडाउनको घोषणा गरिएको छ । रेष्टुरेन्टलगायतका यसअघि खोल्न अनुमति पाएका व्यवसायहरु भने लकडाउनमा बन्द हुनेछन् ।

प्रिमियर एन्ड्र्युले मुलुकमा सबैभन्दा खराब अवस्था आउन नदिन सबै मानिसले लकडाउनको नियमको पलना गर्नु जरुरी रहेको उनको भनाइ छ । गत शनिबारदेखि मेलबर्नका तीन हजार मानिसको बसोबास रहेको नौ हउजिङ टावर लकडाउन गरिएको छ । उनीहरुलाई उक्त भवनबाट बाहिर निस्किने अनुमति दिइएको छैन भने खानाको व्यवस्था सरकारले गर्दै आएको छ ।

मंगलबार भिक्टोरियाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १९१ नयाँ संक्रमित फेला परेको बताएको थियो । यो एकैदिनमा भेटिएका अहिलेसम्मकै धेरै नयाँ संक्रमित हुन् ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?