Comments Add Comment

स्वस्तिमा लेख्छिन्–‘मेरो पेशामा कुनै प्रकारको उत्पीडन सह्य छैन’

नायिका स्वस्तिमा खड्काले निर्देशक तथा निर्माता यूवराज लामाले दिएको एक बयानमा आपत्ती जनाएकी छिन् ।

हाल होटल व्यवसायमा व्यस्त रहेका निर्देशक लामाले नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादको बिषयमा आफ्नो भनाई राख्दै भनेका छन्–‘यदि शोषण भएको हो भने आवाज उठाउनु पर्दछ । तर, कसैले मेरो बाबु भन्दै अंकमाल गर्यो, गाला छोयो भनेर रुनुको अर्थ छैन । यो चलचित्र क्षेत्र हो ।’

लामाको यो भनाइमा नायिका स्वस्तिमा खड्काले आपत्ती जनाएकी छिन् । सामाजिक संजालमा स्वस्तिमाले लेखेकी छिन्–‘चलचित्र क्षेत्रको एक जिम्मेवार र वरिष्ठ व्यक्तिबाट यस्तो खालको बयान आउनु दुःखलाग्दो कुरा हो । जर्बजस्ती छुने, चुम्बन गर्ने, कसैको सहमतीविना जर्बजस्ती तान्नु आफैमा शारीरिक उत्पीडन हो । मेरो पेशामा कुनै पनि प्रकारको उत्पीडनका लागि कुनै पनि बहाना सह्य छैन । म फेरि पनि दोहोर्याउँछु, कुनै प्रकारको उत्पीडन ।’

स्वस्तिमाले अगाडि लेखेकी छिन्–‘नायिका भएर यति त सहनुपर्छ भन्ने अपमानजनक बयान कसैले पनि जतिबेला पनि बनाउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment