+
+
Shares

‘२ नम्बरी’को छायाङ्कन फागुनअघि नहुने, नयाँ फिल्मको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते ११:४०

करिब ३० प्रतिशत छायाङ्कन सकिएपछि चलचित्र ‘२ नम्बरी’को टिमले काम अगाडि बढाउन पाएन । चलचित्रको छायाङ्कन चलिरहेको समयमा सरकारले लकडाउन गरेपछि काम रोकिएको हो । काम रोकिएको करिब ४ महिना बितिसक्दा पनि छायाङ्कन अघि बढ्न सकेको छैन । अब भने यसको निर्माण पक्षले फागुन अगाडि चलचित्रको काम सुरु नगर्ने बताएको छ ।

चलचित्रको कथाले जुन दृश्य माग्छ, त्यो अब फागुन अगाडि नपाइने भएपछि निर्माणपक्षले ६ महिनाभन्दा लामो समय चलचित्रको छायाङ्कन रोक्ने तयारी गरेको हो । दयाहाङ राई, पल शाह, वर्षा राउतलगायतका कलाकारले अभिनय गरिरहेको यो चलचित्रमा दीपेन्द्र लामाको निर्देशन छ । किरण नेपाली चलचित्रका प्रस्तुतकर्ता हुन् ।

चलचित्र अहिले छायाङ्कन गर्दा दृश्य र लोकेसनको निरन्तरतामा समेत तर्क हुने भएपछि फागुन अगाडि कामअघि नबढ्ने भएको हो । यो चलचित्रको छायांकन रोकिएपछि निर्माता किरण नेपाली नयाँ चलचित्रको कथामा व्यस्त छन् ।

उनले, ‘२ नम्बरी’को बाँकी छायाङ्कन सुरु गर्नुअगाडि नयाँ चलचित्रको छायाङ्कन सक्ने तयारी गरिएको बताए । चलचित्रको टिम केही दिनमा नै तय हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?