+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘२ नम्बरी’को छायाङ्कन फागुनअघि नहुने, नयाँ फिल्मको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते ११:४०

करिब ३० प्रतिशत छायाङ्कन सकिएपछि चलचित्र ‘२ नम्बरी’को टिमले काम अगाडि बढाउन पाएन । चलचित्रको छायाङ्कन चलिरहेको समयमा सरकारले लकडाउन गरेपछि काम रोकिएको हो । काम रोकिएको करिब ४ महिना बितिसक्दा पनि छायाङ्कन अघि बढ्न सकेको छैन । अब भने यसको निर्माण पक्षले फागुन अगाडि चलचित्रको काम सुरु नगर्ने बताएको छ ।

चलचित्रको कथाले जुन दृश्य माग्छ, त्यो अब फागुन अगाडि नपाइने भएपछि निर्माणपक्षले ६ महिनाभन्दा लामो समय चलचित्रको छायाङ्कन रोक्ने तयारी गरेको हो । दयाहाङ राई, पल शाह, वर्षा राउतलगायतका कलाकारले अभिनय गरिरहेको यो चलचित्रमा दीपेन्द्र लामाको निर्देशन छ । किरण नेपाली चलचित्रका प्रस्तुतकर्ता हुन् ।

चलचित्र अहिले छायाङ्कन गर्दा दृश्य र लोकेसनको निरन्तरतामा समेत तर्क हुने भएपछि फागुन अगाडि कामअघि नबढ्ने भएको हो । यो चलचित्रको छायांकन रोकिएपछि निर्माता किरण नेपाली नयाँ चलचित्रको कथामा व्यस्त छन् ।

उनले, ‘२ नम्बरी’को बाँकी छायाङ्कन सुरु गर्नुअगाडि नयाँ चलचित्रको छायाङ्कन सक्ने तयारी गरिएको बताए । चलचित्रको टिम केही दिनमा नै तय हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?