Comments Add Comment

फिल्म रिलिजको विषयमा खोइ त छलफल ?

चलचित्र क्षेत्र अब चलायमान बनाउनु आवश्यक छ । सरकारले बिस्तारै विभिन्न क्षेत्रहरूलाई खोल्ने अनुमति दिए पनि चलचित्र क्षेत्रलाई भने अझै कुनै प्रकारको निर्देशिका तयार गरेको छैन । यसैले, पनि चलचित्रकर्मीले न त चलचित्रको छायाङ्कन नै सुरु गर्न सकेका छन् न त हल नै खोल्न सकेका छन् ।

हल सञ्चालकहरूले सरकारलाई निर्देशिका तयार पारेर हल खोल्ने वातावरण बनाइदिन आग्रह त गरेका छन् तर अहिलेसम्म यो विषयमा सरकारले कुनै ठोस कदम चालेको छैन। ट्याक्सी, सार्वजनिक सवारी साधन, रेस्टुरेन्टलगायत भिडभाड हुने विभिन्न माध्यमहरू सञ्चालनमा आइसकेका छन् । यसैले पनि चलचित्रकर्मीहरूले सरकारलाई दबाब दिन नपुगेको हो कि भनेर प्रश्न सोझाइरहेका छन् ।

तर विभिन्न प्रकारका बहस र गसिपमा रमाइरहेका चलचित्रकर्मीहरूलाई चलचित्र कसरी चलाउने र हल कसरी खोल्ने भन्ने विषयमा बहस गर्ने फुर्सद भने मिलेको छैन । सरकारले हल खोल्ने अनुमति दिए पनि चलचित्र कसरी रिलिज गर्ने भन्ने बहस कतै भएको छैन । यो विषयमा न त निर्माता संघ न त चलचित्र संघले नै छलफल सुरु गरेको छ।

चलचित्र निर्माण गरेर रिलिजका लागि तयार भएका निर्माताले हल खोले पनि शतप्रतिशत रूपमा दर्शक आउने वातावरण नबनेसम्म चलचित्र रिलिज नगर्ने बताइसकेका छन् । बलिउड चलचित्र पनि दशैं अगाडि रिलिज हुने सम्भावना छैन । निर्माण भएर रिलिजका लागि तयार भएका दर्जन बलिउड चलचित्र डिजिटल माध्यमबाट रिलिज हुने तय भइसकेको छ । यसैले, नेपाली हलमा बलिउड चलचित्रले मात्र माग नधान्ने निश्चित छ । यस्तो अवस्थामा नेपाली चलचित्र नै रिलिज हुनुपर्छ ।

तर नेपाली चलचित्र रिलिजका लागि निर्माण भइसकेका निर्माता अहिले नै तयार छैनन् । यस्तो अवस्थामा चलचित्र कसरी रिलिज गर्ने, प्रदर्शक र निर्माता दुवैलाई घाटा नहुने गरी रिलिजको वातावरण तयार गर्ने विषयमा बहस गर्न आवश्यक छ ।

आफू तयार भइसकेपछि सरकारलाई दबाब दिँदा अझै सजिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment