Comments Add Comment

तनहुँको पुल्चोक बजारमा सेती नदी पस्यो, ४२ घर डुबानमा

१५० जनालाई सुरक्षित स्थानमा सारियो

२६ असार, पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको छ । लगातारको वर्षाले सेती नदी उर्लिएर बढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

‘सेती नदी बसेर बस्तीभित्रै छिरेपछि त्यहाँका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । केही चौपायालाई बगाएको पनि छ । क्षतिको विवरण संकलन गर्दै छौं,’ वडा नम्बबर ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले भने, ‘स्थानीयलाई सामुदायिक भवनमा खाने, बस्ने प्रबन्ध मिलाएका छौं ।’

सेती र सुरौंदी खोलाले थप क्षति पुर्‍याउन सक्ने क्षेत्रका वासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरिएको वडाध्यक्ष रेग्मीले बताए । नेपाली सेना र प्रहरीसँगै जनप्रतिनिधि पनि डुबानमा परेको क्षेत्रमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment