+
+

जनउत्थान लघुवित्तको अध्यक्षमा विश्वकर्मा चयन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते ९:५९

२८ असार, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बाबुराम बिश्वकर्मा दोस्रो कार्यकालका लागि चयन भएका छन् ।

शनिबार भएको संस्थाको साधारणसभालबाट संस्थापक तथा सर्वसाधारण समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचनमा क्रमश बाबुराम विश्वकर्मा, रेवन्त बहादुर विश्वकर्मा, मान बहादुर विश्वकर्मा, गोकर्ण बहादुर कार्की क्षेत्री र नरेन्द्र कंडेल निर्विरोध निर्वाचित भएका थिए ।

त्यसलगत्तै बसेको सञ्चालक समिति बैठकले विश्वकर्मालाई अध्यक्ष चयन गरेको हो । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५।०७६ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७५।०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी छ करोड तेत्तीस लाख साठी हजार मात्रको १.३२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने, संस्थाको अधिकृत पूँजी १० करोडबाट बृद्धि गरी ५० पचास करोड पु¥याउने निर्णइए गरको छ ।

यसैगरी हाल कायम रहेको चुक्ता पूँजी ६ करोड तेत्तीस लाख साठी हजारलाई २५ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने, बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजी ७ करोड बयानब्बे लाखको १ः२ (अर्थात १ कित्ता बराबर २ कित्ता) को अनुपातमा हकप्रद शेयर जारी गर्ने लगायतका महत्पूर्ण निर्णयहरु पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?