Comments Add Comment

गैंडाकोट नगरपालिकामा तीन दर्जन घर डुबानमा

गैंडाकोट नगरपालिका वडा नं. १ स्थित गंगानगर टोलको घरमा पसेको पानी

२८ असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. १, २ र ४ नम्बर वडाका करिब तीन दर्जन घरहरु डुबानमा परेका छन् ।

केही दिनयता परिरहेको पानीका कारण खोल्सा र नालाहरुमा आएको बाढीले निकास नपाउँदा घरहरु डुबानमा परेका हुन् । कतिपय स्थानमा पूर्वपश्चिम राजमार्ग र धान–मकै बाली पनि डुबेका छन् ।

वडा नं. १ का अध्यक्ष हरिप्रसाद सापकोटाले जनक कलेज अगाडितिरको राजमार्ग छेउँका पुराना घरहरु डुबानमा परेको जानकारी दिए । गंगानगर टोलका घरहरुमा पनि पानी पसेको छ ।

यसैगरी वडा नम्बर २ मा १५–२० घर डुबानमा परेको वडाअध्यक्ष ध्रुवराम पौडेलले जानकारी दिए । ‘हिँजो केही घरमा पानी पसेको थियो । आज रातिको पानीले त १५–२० घर नै डुबानमा परे,’ वडाध्यक्ष पौडेलले भने, ‘कतिपय स्थानमा त हाईवे पनि डुबेको थियो ।’ एक ठाउँको पानी निकास गर्दा अर्को ठाउँ डुबान पर्ने समस्या रहेको उनले बताए ।

यसैगरी गैंडाकोट नगरपालिकाको वडा नम्बर चारमा पनि १५–२० घर डुबानमा परेको स्थानीयले बताएका छन् ।

गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले पानीको निकासको व्यवस्था गरिएपछि अहिले डुबान कमै हुँदै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment