Comments Add Comment

हार्दिक पटेल बने गुजरात कांग्रेसको कार्यकारी अध्यक्ष

२८ असार, काठमाडौं । पाटीदार अनामत आन्दोलनका नेता हार्दिक पटेल कांग्रेसको गुजरातको कार्यकारी अध्यक्ष बनेका छन् । हार्दिक पटेलको उमेर अहिले भर्खर २६ वर्ष पुगेको छ । चार वर्षअघि गुजरातमा भएको पटेल समुदायको आन्दोलनमा हार्दिकले नेतृत्व गरेका थिए ।

अखिल भारतीय कांग्रेस कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई गुजरातको कार्यकारी अध्यक्ष घोषणा गरेको थियो । विज्ञप्तिमा उनलाई पार्टीको गुजरात अध्यक्ष बनाउन माग उठिरहेको कारण उक्त प्रस्ताव स्वीकृत गरिएको उल्लेख छ । पछिल्लो केही समयदेखि हार्दिक कांग्रेसमा सक्रिय रहँदै आएका छन् ।

यद्यपि हार्दिकमाथि धेरै मुद्दा पनि चलिरहेकोे छ । हार्दिक सन् २०१९ को लोकसभा निर्वाचनको क्रममा कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसमा प्रवेश गरेको केवल १६ महिनामा हार्दिक गुजरातको पार्टी अध्यक्ष बनेका हुन् ।

सन् २०१५ मा भएको हिंसामा हार्दिक दोषी रहेको पाइएको थियो । जसका कारण उनले सन् २०१९ मा भएको लोक सभाको निर्वाचनमा उठ्न पाएका थिएनन् । उनीमाथि १७ वटा मुद्दा दर्ता गरिएको छ । जसमध्ये दुई मुद्दा देशद्रोहको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment