Comments Add Comment

थिएरी हेनरीले ८ मिनेट ४६ सेकेण्ड घुँडा टेके

२८ असार, काठमाडौं । मोन्ट्रेल इम्प्याक्टका प्रशिक्षक थिएरी हेनरीले ब्ल्याक लाइभ्स म्याटरको समर्थनमा मेजर सकर लिग एमएलएसमा न्यु इंग्ल्याण्ड रिभोलुसनको खेलअघि घुडाँ टेकेर समर्थन गरेका छन् ।

फ्रान्स बर्सनल र बार्सिलोनाका पूर्वस्ट्राइकर रहेका हेनरीले मैदानमा ८ मिनेट ४६ सेकेण्ड घुँडाटेकेका थिए ।अश्वेन अमेरिका जर्ज फ्लोएडलाई अमेरिकी गोरा पुलिसले घुँडाले थिचेर हत्या गरेको विरोधमा अहिले विश्व खेलकुदमै घुँडा टेकेर त्यसको विरोध जनाउने अभियान नै चलेको छ ।

हेनरीले उक्त अभियानलाई समर्थन गरेको र फ्लोएडप्रति श्रदाञ्जली दिएको बताए । खेलमा भने उनको टोली १-०ले परजित भएको थियो ।

त्यसको अघिल्लो दिन एमएलएसले रंगभेदविरुद्ध प्रदर्शन गरेका थिए । कोरोनामहामारीका कारण मार्चदेखि रोकिएको एमएलएस फेरि सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment