Comments Add Comment

साझा पार्टीले अरु पार्टीसँग एकता गर्ने निर्णय गर्दै, आचार्य र खनाल बाहिरिँदै

२८ असार, पोखरा । साझा पार्टीले अन्य पार्टीसँग एकता खुला गर्ने तयारी गरेको छ ।

साझा पार्टीको आइतबार बस्ने केन्द्रीय समितिको बैठकले अन्य पार्टीसँग एकता खुला गर्ने निर्णय कार्यान्वयनमा लैजाने निर्णय गर्ने केन्द्रीय सदस्य महेश भण्डारीले जानकारी दिए ।

पार्टी एकता खुला गर्ने निर्णयप्रति साझाका प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनालले फरक मत राख्दै आएका छन् । एकतामा गए आफूहरू पार्टीमा नरहने आचार्य र खनालले बताउँदै आएका छन् । दुबै जना आइतबारको केन्द्रीय कमिटी बैठकमा सहभागी छैनन् ।

गत फागुनमा लुम्बिनीमा भएको साझा पार्टीको भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । आचार्य र खनालले सोही भेलामा यो विषयमा फरक मत राखेका थिए । तर केन्द्रीय कमिटीले निर्णयलाई कार्यान्वयनमा लैजान लागेपछि उनीहरूले निश्चित समय पार्टीबाहिर रहेर रणनीतिक हिसाबले सहयोग गर्ने बताएका छन् ।

‘गएको फागुन १५ देखि १७ गते लुम्बिनीमा भएको बृहद भेलाले मन र मत मिल्नेसँग ध्रुवीकरण गर्ने निश्कर्ष निकाल्यो,’गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले भने, ‘त्यतिबेला नै उहाँहरूको फरक मत थियो । शुक्रबार बसेको सचिवालय बैठकले छुटेर गएका विवेकशील नेपालीसँग एकताका लागि औपचारिक प्रक्रिया अगाडि बढायो ।’

साझा पार्टीमा आचार्य नीति विभाग संयाेजक र खनाल संगठन प्रमुख थिए । ‘तर, दुबै कुरा असफल भएकाे आवाज पार्टीमा उठेकाे थियाे,’  भण्डारीले भने, ‘तर, उहाँहरूले याे कुरा स्वीकार गर्नुभएन । पार्टी एकतामै अघि बढ्याे ।’

केन्द्रीय सदस्य मुमाराम खनालले पार्टीभित्र डेढ वर्षदेखि फरक मत राख्दै, बहस गर्दै आएकाे बताए । ‘पार्टीभित्र फरक मत थियाे, बहस हुँदै आएकाे हाे । नेकपा, कांग्रेसजस्तै पार्टीलाई बनाउन खाेजियाे । हामीले त्याेभन्दा माथि हुनुपर्छ भनेका हाैं,’ खनालले अनलाइनखबरसँग भने, ‘सानाे पार्टीकाे सानाे कुरा भनेर बहस बाहिर आएन । पार्टीमा राजनीति चलिराछ भन्ने बुझ्नुस् न ।’

उनले फरक मत राखे पनि पार्टीबाट बाहिरिने निर्णय गरिनसकेकाे बताए ।

यसअघिको समाचारमा साझा पार्टी र विवेकशील नेपाली दल एकता गर्ने तयारी भन्ने विषय भुलवश उल्लेख भएकाले सच्याएका छौं । सं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment