Comments Add Comment

कोरोनापछिको पहिलो क्रिकेट : वेष्टइन्डिजले इंग्ल्याण्डलाई उसैको मैदानमा हरायो

२९ असार, काठमाडौं । जर्मेन ब्ल्याकउडले उत्कृष्ट ब्याटिङ गर्दै ९५ रन बनाएपछि वेष्ट इन्डिजले इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट ४ विकेटले जितेको छ । कोरोना महामारीपछि रक परिस्थितीमा पहिलो पटक भएको क्रिकेटमा जितपछि वेष्ट इन्डिजले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

पाँचौ तथा अन्तिम दिन वेष्ट इन्डिजले जितका लागि २०० रनको लक्ष्य पाएको थियो । ब्ल्याकउडले दुई अर्धशतकीय साझेदारीसहित ९५ रनको इनिङ्स खेलेपछि पाहुना टोलीले जित हात पारेको हो ।

साउथह्याम्पटनको दी रोस बोल स्टेडियममा घरेलु टोली इंग्ल्याण्डले २८४-८ बाट अन्तिम दिनको खेल सुरुवात गरेको थियो । त्यसपछि इंग्ल्याण्डले २९ रन थप्दै बाँकी २ विकेट गुमायो र दोस्रो इनिङ्समा ३१३ रन बनायो । अन्तिम विकेटका रुपमा आउट भएका जोफ्रा आर्चरले २३ रन जो८ । वेष्ट इन्डिजका शानन गाब्रीएललले दोस्रो इनिङ्समा ५ विकेट लिए । पहिलो इनिङ्समा २०४ रनमै अलआउट भएको इंग्ल्याण्डले वेष्ट इन्डिजलाई जितका लागि २०० रनको लक्ष्य दियो ।

लक्ष्य पछ्याउने क्रममा वेष्ट इन्डिजले खराब सुरुवात गरेको थियो । वेष्ट इन्डिजले २७ रन बनाउँदा सुरुवाती ३ विकेट गुमाएको थियो भने ओपनर जोन क्याम्पबेल पनि रिटायर्ड हर्ट भएका थिए । ओपनर क्रेग ब्रेथवेइट ४, शाई हो ९ रन बनाएर आउट भए भने शामरह ब्रुक्सले खाता खोल्न सकेनन् ।

संकट परेको क्यारेबियन टोलीको इनिङ्स रफस्टन चेज र जर्मेन ब्ल्याकउडले मिलेर सम्हाले । यी दुईले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरे । चेस ३७ रन बनाएर आउट भएपछि ब्ल्याकउडले शेन डवरिचसंग पाँचौ विकेटका लागि ६८ रनको साझेदारी गरे । डवरिचले २० रन योगदान गरे ।

वेष्ट इन्डिजलाई जितका लागि ११ रन मात्र चाहिएको अवस्थामा ब्ल्याकउड आउट भएका थिए । शतक बनाउनबा६ ५ रनले चुकेका ब्ल्याकउडलाई इंग्लिस कप्तान बेन स्टोक्सले जेम्स एण्डरसनबाट क्याचआउट गराए ।

ब्ल्याकउड आउट भएपछि क्याम्पबेल फेरि क्रिजमा फर्के र कप्तान ज्यासन होल्डरसंऊ मिलेर जित दिलाए । होल्डर १४ र क्याम्पबेल ८ रनमा अविजित रहे । इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३ तथा कप्तान स्टोक्सले २ विकेट लिए ।

अब दोस्रो र तेस्रो टेष्ट म्यानचेष्टरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment