Comments Add Comment

मेसेन्जर र ह्वाट्सएपलाई जोड्दै फेसबुक

फेसबुक मेसेन्जर तथा ह्वाट्सएप च्याटिङका लागि प्रयोग गरिने सबैभन्दा लोकप्रिय सोसल मिडिया एप हुन् । फेसबुक कम्पनी मातहत भएतापनि यी दुई एपहरु फरक फरक ढंगले स्वतन्त्र रुपमा सञ्चालन हुने गर्दछन् । तर निकट भविष्यमा फेसबुकले मेसेन्जर र ह्वाट्सएपलाई जोड्ने योजना बनाएको छ । यसको अर्थ मेसेन्जर र ह्वाट्सएप प्रयोगकर्ताले एक आपसमा च्याट गर्न पाउनेछन् । अर्थात् मेसेन्जरबाट ह्वाट्सएपमा र ह्वाट्सएपबाट मेसेन्जरमा च्याट गर्न पाइनेछ ।

फेसबुकले मेसेन्जर र ह्वाट्सएपलाई एकिकृत गर्न लागेको तथ्य हालै लिक भएको एक कोडबाट पत्ता लागेको बताइएको छ ।

विज्ञका अनुसार फेसबुकको सर्भिस सेटिंग्समा कन्ट्याक्ट एण्ड च्याट फंक्सन्ससँग सम्बन्धित वेब डाटाहरु लिक भएका छन् जसले निकट भविष्यमा फेसबुकलाई ह्वाट्सएपसँग जोड्न लागिएको तर्फ संकेत गर्दछ ।

स्मरण रहोस् फेसबुक सिइओ मार्क जुकरगर्बले केही महिना अगाडि नै फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामलाई एक आपसमा जोडिने कुरा बताइसकेका थिए ।

विश्वको सबैभन्दा लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको ह्वाट्सएपलाई मेसेन्जरसँग जोडिएपछि यसको लोकप्रियता र प्रयोगकर्ताको संख्या झनै बढ्ने अनुमान गरिएको छ ।

पछिल्लो समय ह्वाट्सएपले विभिन्न नयाँ नयाँ फिचरहरु ल्याइरहेको छ । डार्क मोड फिचरसँगै ग्रुप भिडियो कलिङ फिचर पनि ह्वाट्सएपले उपलब्ध गराइसकेको छ जसमा ८ जनासम्म मानिसहरु एकसाथ ग्रुप भिडियो कल गर्न सक्दछन् ।

यसका अलावा ह्वाट्सएपको बिटा अपडेटमा मेसेन्जर रुम्सको शर्टकट पनि राखिएको छ । जसबाट पनि मेसेन्जर र ह्वाट्सएपलाई फेसबुकले जोड्न थालेको बुझ्न सकिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment