Comments Add Comment

डब्ल्युएचओले भन्यो, ‘कोरोना भयानक हुनसक्छ, खोप र इम्युनिटीले अरु निरास बनाउनेछ’

विश्व स्वास्थ्य संगठनले भनेको छ, यदि ठोस कदम चालिएन भने कोरोना भाइरसको संक्रमण अरु भयानक हुनेछ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसले भने, ‘विश्वका कतिपय मुलुक कोरोना नियन्त्रण गर्ने कुरामा गलत दिशामा गएका छन् ।’ कोरोना भाइरसको नयाँ घटनाहरु बढिरहेका छन् । यसले के देखाउँछ भने आवश्यक सर्तकता एवं सावधानी अपनाइएको छैन ।

उत्तरी र दक्षिणी अमेरिका यस महामारीको चपेटामा अझैपनि नराम्ररी फसेको छ । अमेरिकामा स्वास्थ्य विशेषज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चलिरहेको गलफत्तीबीच संक्रमणको नयाँ घटनाहरु तिब्र रुपमा बढिरहेको छ ।

जान्स हपकिन्स युनिभर्सिटीका तथ्यांक अनुसार अमेरिका कोरोनाको सबैभन्दा ठूलो मारमा छ । त्यहाँ अहिलेसम्म ३३ लाख व्यक्ति संक्रमित छन् र एक लाख ३५ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

यो पनि पढ्नुहोस कोरोना महामारी : हाम्रो आत्मबल बढेको कि लापरवाही गरेको ?

के भन्छ डब्ल्युएचओ ?

सोमबार जेनेभामा पत्रकार सम्मेलनमा डा. टेड्रोसले भने, ‘विश्वभरका नेताहरु जसरी महामारी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्, त्यसमा मान्छेको भरोसा कम हुँदै गएको छ ।’

डा. टेड्रोसले भने, ‘कोरोना भाइरस अहिले पनि मान्छेको पहिलो सत्रु हो । तर, विश्वभरका सरकार कोरोनाबाट गंभिर खतरा नभए जसरी काम गरिरहेका छन् ।’

शारीरिक दुरी, हात धुनु, मास्क लगाउनु यस महामारीबाट बच्ने एउटा सुरक्षित विधी हो र यसलाई गंभिरतापूर्वक पालना गर्नु जरुरी छ । उनले चेतावनी दिदै भनेका छन्, ‘निकट भविष्यमा यस्तो नहुन सक्छ कि, पहिलेको जस्तो सबैकुरा ठीकठाक छ । कोरोना संक्रमण विरुद्ध आवश्यक सुरक्षात्मक विधी अपनाइएन भने यसको संक्रमण रोकिने छाँट छैन । यो बढ्दो क्रममा छ र अरु भयानक हुन सक्छ ।

डब्ल्युएचओका आपतकालिन निर्देशक माइक रायनले भनेका छन्, अमेरिकामा लकडाउन खुकुलो बनाइरहँदा संक्रमण अरु तिब्र रुपमा फैलिने भय छ । ल्याटिन अमेरिकामा एक लाख ४५ हजारभन्दा बढीको ज्यान लिइसकेको छ, कोरोनाले । त्यहाँ मृत्युको यो संख्या अरु बढ्ने देखिन्छ । किनभने पर्याप्त परीक्षण भएको छैन । यसमा आधा भन्दा बढी मृत्यु ब्राजिलमा भएको थियो ।

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो लकडाउनको विरुद्धमा थिए । उनी लकडाउनको खिल्ली उडाइरहेका थिए । आखिरमा उनै कोरोना संक्रमित भए ।  डा. रायनले भनेका छन्, लकडाउनको कारण ठू्रलो आर्थिक नोक्सानी भएको छ । तर, कतिपय खास स्थानमा संक्रमण रोक्नका लागि लकडाउन अपरिहार्य छ ।

उनले विश्वभरका सरकारसँग आग्रह गरेका छन्, ‘स्पष्ट र बलियो रणनीति अपनाउनुहोस् । साथै जनताले पनि यसलाई गंभिरतापूर्वक लिनुपर्नेछ । आवश्यक सर्तकता अपनाउनुपर्नेछ ।’

यो पनि पढ्नुहोस कोरोना भाइरस : शत्रुसँग लड्ने मात्र होइन, साथमा जिउनु पनि पर्छ

खोप र प्रतिरक्षा प्रणालीको बारेमा के भने ?

डा. रायनले भने, ‘हामीले भाइरससँगै बाँच्नुपर्नेछ र यसबाट सिक्नुपर्नेछ । हामी कामना गरिरहेका छौं यो भाइरस पूर्णत समाप्त होस् । केही महिनामा प्रभावशाली खोप तयार होस् । तर, यो सत्य होइन ।’

कोरोना भाइरसँग लड्ने प्रतिरक्षा प्रणाली अहिलेसम्म बनेको छ वा छैन ? थाहा छैन । यदि बनिरहेको छ भने त्यो कहिलेबाट प्रभावकारी होला भनेर पनि थाहा छैन । सोमबार लन्डनका किग्स कलेजका वैज्ञानिकले आफ्नो एक रिपोर्ट जारी गर्दै भनेका थिए, कोरोना निको भएको व्यक्तिमा जुन प्रतिरक्षा प्रणाली बनेको छ त्यो अल्पकालिन छ । त्यसको प्रभाव छोटो अवधिसम्म मात्र कायम रहेको देखिन्छ । वैज्ञानिकले ९६ जना व्यक्तिमा अध्ययन गरेका थिए कि, कसरी शरीर एन्टीबडिजको माध्यामबाट स्वभाविक रुपमा कोरोनाको सामना गरिरहेको छ र यो कहिलेसम्म टिक्नेछ । अर्थात अहिलेसम्म स्पष्ट भएको छैन कोरोना पीडित व्यक्ति निको भएपछि कहिलेसम्म उनमा त्यसको पुन संक्रमणको भय रहँदैन । यस अध्ययनमा के पाइयो भने संक्रमित व्यक्तिहरुको एन्टीबडिजले केही समय काम गथ्र्यो र त्यसको प्रभाव तीन महिनामै कम हुन्थ्यो ।

विश्व स्वास्थ्य संगठनले बालबच्चा कोरोनाको उच्च जोखिममा रहेको बताएको छ ।

यो पनि पढ्नुहोस कोरोना संक्रमित व्यक्तिमा पुनः संक्रमण किन फैलदैछ ?

स्रोतः बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment