Comments Add Comment

दर्शकलाई कानुनी कारबाहीको चेतावनी दिने कि अनुरोध गर्ने ?

उसो त नेपाली चलचित्रका कलाकारहरूको विषयमा ट्रोल बन्न थालेको लामो समय भइसकेको छ । कलाकारहरूको बोली उनीहरूको चलचित्रलाई लिएर सामाजिक सञ्जालमा ट्रोल हुने गर्छ।

तर ३ महिना लामो लकडाउनको समयमा कलाकारले बोलेका विषयलाई लिएर सामाजिक सञ्जालमा ठूलै चर्चा भयो । ‘राष्ट्रियताको विषय, जिल्लाको विषय, महानायकको विषय’मा कलाकारको बोली चिप्लिँदा आलोचनाको शिकार हुनुपर्‍यो ।

कलाकारहरूमाथि सामाजिक सञ्जालमा गालीगलौज पनि भइरहेका छन् । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कलाकारहरूलाई निकै तल्लोस्तरको गाली पनि गरेका छन्।

कलाकारहरूमाथि गालीगलौज बढेपछि चलचित्रसम्बन्धी संघसंस्थाले विज्ञप्ति नै जारी गर्दै कारबाहीको चेतावनी दिए । गालीगलौज नरोकिए नेपालमा रहेका सामाजिक सञ्जाल प्रयोगकर्तालाई साइबर कानुन र विदेशमा रहेकालाई परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाएर कारबाही गर्ने चेतावनी विभिन्न ७ संस्थाले दिए ।

यो पनि पढ्नुहोस फिल्मीकर्मीमाथिको गालीगलौज नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी

तर अहिले सामाजिक सञ्जालमा चलचित्रसम्बन्धी संघसंस्थाको यो निर्णयको चर्को विरोध भएको छ।

दर्शकलाई कारबाहीको चेतावनी दिने हो या गालीगलौज नगर्न आग्रह गर्ने हो भन्ने विषयमा आलोचना भइरहेको छ । यस विषयमा चलचित्रकर्मीहरूकै मत विभाजित छ । कारबाही गर्ने निर्णय गरेका चलचित्रकर्मीहरू फेक आइडी बनाएर गालीगलौज गर्ने क्रम बढेकाले कारबाही गर्ने चेतावनी दिएको बताउँछन् ।

तर केही चलचित्रकर्मी भने दर्शकलाई कारबाहीको चेतावनी दिनु गलत भएको बताउँछन् ।चलचित्र रिलिजको समयमा ‘दर्शक हाम्रा भगवान्’ भन्दै हात जोड्ने चलचित्रकर्मीहरू आज उनै दर्शकलाई कारबाहीमको चेतावनी दिइरहेका छन् । अधिकांश दर्शकले आफूहरूलाई कारबाहीभन्दा पनि कलाकारले बोल्ने बेलामा ध्यान दिनुपर्ने तर्क राखेका छन् ।

नायिका वर्षा राउत, पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहलगायतले सामाजिक सञ्जालमा तल्लोस्तरको गाली खाइरहँदा मौन बसेका चलचित्रकर्मीहरू अहिले बल्ल तातेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment