Comments Add Comment

बाजुरामा माटोको ढिस्कोले पुरिएर वृद्धको मृत्यु

३० असार, कैलाली । बाजुरामा माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका वडा नम्बर ३ मा माटोको ढिस्कोले पुरिएर स्थानीय ७२ वर्षीया शिव बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

गोरु चराउन गएका बेला उनलाई माटोको ढिस्कोले पुरेको र उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment