Comments Add Comment

प्रदेश २ मा मन्त्रीस्तरीय विपद् व्यवस्थापन समिति गठन

३० असार, जनकपुरधाम । प्रदेश २ सरकारले विपद् व्यवस्थापन गर्ने भन्दै मन्त्रीस्तरीय समिति गठन गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नरेश राय यादव छन् ।

समितिले प्रदेशमा बाढी पहिरोबाट भएका क्षतिको अगुमन गर्दै पीडितलाई राहत दिनेसम्मको सिफारिस गर्नेछन् ।

समितिले हालै प्रदेशको आठ वटै जिल्लामा आएको बाढीले पुर्‍याएको क्षतिको स्थलगत अनुगमन गरी पीडित देखिनेलाई राहत उपलब्ध गराउने र अन्य मर्मत सम्भार जस्ता कामको लागि सरकारलाई सिफारिस गर्ने समिति सदस्य मन्त्री ज्ञानेन्द्र यादवले बताए ।

मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले यो समिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment