Comments Add Comment

औषधि उत्पादकहरू पनि आन्दोलनमा

३० असार, काठमाडौं । ह्याण्ड सेनिटाइजर दर्ताका लागि तीन महिना समयावधि थप्ने निर्णयको विरोधमा नेपाल औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको छ । संघले मंगलबार औषधि व्यवस्था विभाग अगाडि साढे दुई घण्टा धर्ना दिएको हो ।

आन्दोलन मंगलबार पनि जारी रहने र माग पूरा नभए बुधबारदेखि आन्दोलनलाई कडा पार्ने संघको चेतावनी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २२ गते ह्याण्ड सेनिटाइजर दर्ताको म्याद बढाउने निर्णय गरेपछि उनीहरूले त्यसको विरोध गरेका हुन् । सरकारको यो निर्णय औषधिमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य विपरीत रहेको संघको आरोप छ ।

मास्क, पीपीई, कस्मेटिक, खाद्य परिपूरक लगायतका सामग्री नेपालमै उत्पादन हुनसक्ने भएतापनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेको संघको भनाइ छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने चैतमा सूचना जारी गरे लगत्तै लकडाउन सुरु भएकाले तीन महिना म्याद थप गर्नुपरेको बताउँछन् ।

‘लकडाउनका बेला ढुवानी प्रणाली खलबलिएको थियो, हामीले व्यवहारिकता हेरेका हौं’ ढकाल भन्छन्, ‘उहाँहरूको मागप्रति गम्भीर छौं, जगहँसाई गर्नु जरुरी छैन, छलफलबाटै समाधान सम्भव छ ।’

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment