Comments Add Comment

कोरोनालाई बिर्सेर नर्वेमा नेपाली समूदायले भलिबल खेले

३० असार, ओस्लो (नर्वे) । नेपाली जनसम्पर्क समिति (जेएसएस) नर्वेको आयोजनामा नर्वेको राजधानी ओस्लोमा भएको जेएसएस भलिबलको उपाधि नेप्लिज पोर्तुगिस समाज नर्वे (नेपोस) र हेल्पिङ ह्यान्ड फर नेपाल नर्वेले जितेको छ । पुरुषतर्फको उपाधि नेपोसले हात पारेको हो भने महिलातर्फको उपाधि हेल्पिङ ह्यान्डले हात पारेको हो।

आइतबार रातिसम्म भएको खेलमा महिला र पुरुषको गरेर ११ वटा टिमले सहभागी गराएका थिए । खेलमा जित हासिल गर्नेलाई पुरुषतर्फको टिमलाई ५ हजार क्रोनर (नेपाली करिब ६५ हजार रुपैयाँ) नगद पुरस्कारको साथै मेडल, कप र प्रमाण पत्र प्रदान गरिएको छ । त्यसैगरी दोस्रो हुने टिमलाई पनि ३ हजार क्रोनर (करिब ३६ हजार नेपाली रुपैयाँ) र मेडल, प्रमाणपत्र प्रदान गरिँदै आएको जेएसएस अध्यक्ष जितेन्द्र शाहीले जानकारी दिए ।

त्यसैगरी महिलातर्फ पहिलो हुनेलाई दुई हजार क्रोनर (करिब नेपाली २६ हजार रुपैयाँ) र दोस्रो हुनेलाई १२ सय क्रोनर (करिब १६ हजार नेपाली रुपैयाँ) र प्रमाणपत्र, मेडल प्रदान गरिएको जेएसएसले जनाएको छ ।

खेलको माध्यमबाट भाइचाराको सम्बन्ध बढाउनुका साथै नेपाली समुदायबीच आत्मीय सदभाव अभिबृद्धि गर्दै लैजाने उद्धेश्यले आयोजना गरिएको उक्त मैत्रीपूर्ण खेल सम्पन्न भएको हो ।

जेएसएसले गत पाँच वर्षदेखि निरन्तर रुखमा खेलको आयोजना गर्दैआएको छ । आइतबार सम्पन्न खेलमा नर्वेमा बसोवास गर्ने पाँच सय बढी नेपालीहरुको उपस्थित रहेको आयोजकले जानकारी दिएको छ ।

कोरोनाको कारणले गर्दा नर्वेमा हुने नेपाली समुदायका कार्यक्रमहरु स्थगित थिए । नर्वेमा कोरोनाको अवस्था सामान्यतर्फ गैरहेकाले अहिले जीवनशैली सामान्यतर्फ फैलिएसँगै कोरोनाका कारणले स्थगित भएको कार्यक्रमहरु हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment