
३१ असार, बुटवल । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड ४५ घण्टापाछि बुधबार दिउँसो खुलेको छ । पहिरोसँगै खसेका दुई ठूला चट्टानका कारण पाल्पाको दोभानमा सडक अवरुद्ध भएको थियो ।
पहिरोसँगै झरेका दुई ठूला चट्टानलाई सडक कार्यालय बुटवलबाट गएको ब्रेकरले फोडेर पन्छाएपछि बुधबार दिउँसो साढे एक बजेतिर सडकको अवरोध हटेको हो । सडकको अवरोध हटाइएपछि दुईतर्फीरुपमा सवारी सञ्चालन हुन थालेका प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डिल्लीनारयण पाण्डेले बताए ।
सोमबार साँझ खसेको पहिरोले सडक अवरुद्ध हुँदा दोभानमा तीन सय बढी सवारी साधन रोकिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4