+
+

ढोरपाटन नगरपालिकाका इन्जिनियर एक लाख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १३:२७

१ साउन, काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकामा कार्यरत इन्जिनियर मिलन अधिकारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा पोखरा महानगरपालिकाको जिरो प्वाइन्टस्थित एक होटलबाट अधिकारीलाई बुधबार पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सडक निर्माण सम्बन्धी योजनामा उपभोक्ता समितिलाई भुक्तानीका लागि सहजीकण गरिदिएबापत घुस मागेको सूचनाको आधारमा उनलाई पक्राउ गर्न सफल भएको अधिकारीले बताए । कोइरालाका अनुसार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?