
१ साउन, काठमाडौं । ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-८ का दीपक मोक्तान भन्ने ३३ वर्षीय दीपक लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार दिउँसो कोटेश्वर चोकबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा दीपक मोक्तान नामको फेसबुक आईडीबाट उनले आफू ब्रिटिश लाहुरे हुँ भनी महिलाहरुलाई आश्वासन दिँदै साथी बनाई रकम तथा सुनका गहना लिई सम्पर्कबिहीन भएको पाइएको प्रहरीले जनाएको छ ।
धरान निवासी एक महिलाको सुनको सिक्री सुनको औंठी तथा नगद ५ लाख रुपैयाँ लिई २ महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको उक्त परिसरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4