+
+
Shares

बिग मर्जरलाई प्रोत्साहनको नीति, मर्जरमा गए कुलिङ पिरियड लागू नहुने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते १५:३५

२ साउन, काठमाडौं । वर्ष २०७७/७८ को मौद्रिक नीतिले ठूला बैङ्कहरूको मर्जर (बिग मर्जर)लाई प्रोत्साहन गर्ने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले बिग मर्जरलाई प्रोत्साहन गर्ने बताएको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मर्जरमा जानेलाई सुविधा दिइने बताए ।

बैङ्कहरूलाई एक आपसमा गाभिन लगाएर बलियो बनाउने मौद्रिक नीतिको लक्ष्य रहेको भन्दै उनले सुविधा दिएर मर्जरमा लैजाने नीति लिएको बताए। मर्जरका लागि प्रयास नै नगरेको अवस्थामा भने कारबाही हुने उनले बताए।

मर्जरमा गए अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत छुट दिने, वैधानिक तरलता अनुपातमा एक प्रतिशले छुट दिने साथै सञ्चालक समितिका सदस्यका कुलिङ पिरियड लागू नहुनेलगायतका सुविधा दिने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?