Comments Add Comment

अख्तियारमा करिब २५ हजार उजुरी, ४४१ मुद्दा दायर

२ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/०७७ मा विशेष अदालतमा ४४१ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । अघिल्लो आर्थिक वर्षमा आयोगले ३५१ मुद्दा दायर गरेको थियो ।

आयोगका अनुसार आब २०७६/०७७ मा २४ हजार ८९० उजुरी दर्ता भएको थियो । १६ हजार ५८६ वटा उजुरी फर्च्छ्यौट भएको र एक हजार ११४ को विस्तृत अनुसन्धान गरिएको थियो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला विगत तीन दशकमा यसपटक सबैभन्दा बढी मुद्दा दायर भएको जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अख्तियारले २५ प्रतिशत बढी मुद्दा दायर गरेको हो ।

घुस/रिसवत २०६, नक्कली प्रमाणपत्र ८५, सार्वजनिक सम्पत्तिको नोक्सानी ७४, गैरकानूनी लाभ हानी ३६, गैरकानूनी सम्पत्ति आर्जन १८, राजस्व हिनामिना १२ र १० वटा विविध विषयका मुद्दा छन् ।

४४१ मध्ये २८ वटा मुद्दाको बिगो एक करोड भन्दामाथि रहेको अख्तियारले जनाएको छ । मुद्दामा ६ जना विशिष्ट श्रेणीका राष्ट्र सेवक कर्मचारीसहित एक हजार १९६ जनालाई प्रतिवादी बनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment