+
+
Shares

वाणिज्य बैंकहरूले साना कर्जामा १५ प्रतिशत लगानी गर्नैपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते १६:१०

२ साउन, काठमाडौं । एक करोड रुपैयाँभन्दा कम कर्जालाई प्रोत्साहन गर्ने गरी नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याएको छ ।

खासगरी सानो लगानीबाट स्वउद्यमी बन्न चाहनेलाई लक्षित गर्दै सानो कर्जालाई प्रोत्साहन गर्नेगरी नीति आएको छ । वाणिज्य बैङ्कहरूले २०८१ असार मसान्तसम्म आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने रकम लघु, साना तथा मझौता उद्यमका क्षेत्रमा एक करोडभन्दा कम कर्जा लिनेहरूको लागि खर्च गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ संकटबाट अतिप्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटेल, रेस्टुरेन्टलगायत पर्यटन क्षेत्रका उद्यम-व्यवसाय पुनरुत्थानका लागि  सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहलाई प्राथमिकता दिने घोषणा गरेका छन् ।

पर्यटन क्षेत्रसँग सम्बन्धित निर्माणाधीन आयोजना निर्माण सम्पन्न गर्न पुँजीको अभाव हुने भएमा त्यस्ता आयोजनाका लागि बैङ्क तथा वित्तीय संस्थाबाट सहज ढङ्गले कर्जा उपलब्ध गराइने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?