Comments Add Comment

६ वर्षीय बालकले पाए विश्व बक्सिङ च्याम्पियनको मानार्थ उपाधि

२ साउन, काठमाडौं । अमेरिकाको वयोमिङका ६ वर्षीय बालक ब्रिजर वाकरलाई विश्व बक्सिङ च्याम्पियनको मानार्थ उपाधि दिइएको छ । विश्व बक्सिङ परिषद्ले यी बालकलाई मानार्थ उपाधि दिने निर्णय गरेको हो ।

यी बालकले गत जुलाई ९ मा आफ्नी बहिनीलाई कुकुरको आक्रमणबाट बचाएका थिए । कुकुरले बहिनीलाई अक्रमण गर्न लागेको देखेपछि बहिनीको सहयोगका लागि उनी अघि सरेका थिए । उनले बहिनीलाई बचाउने प्रयास गर्दा कुकुरले उनीमाथि आक्रमण गरेको थियो । उनको मुखसहित शरीरको अन्य भागमा पनि चोट लागेको थियो । यो घटनापछि उनको शरीरमा ९० टाँका लगाइएको थियो ।

यसबारेमा उनकी काकी निकोलले इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । यो पोस्ट भाइरल हुँदै विश्व बक्सिङ परिषद्सम्म पुगेको थियो । त्यसपछि परिषद्ले ब्रिजरलाई विश्व बक्सिङ च्याम्पियनको मानार्थ उपाधि दिने निर्णय गरेको हो । उनलाई च्याम्पियनको बेल्ट पनि प्रदान गरिनेछ । परिषद्ले यो निर्णय गर्दै भनेको छ – ब्रिजर तिमी नायक हौ ।

स्रोत : द सन

कुकुरको आक्रमणमा परेकी बहिनीलाई बचाउँदा घाइते भएका ६ वर्षीय बालक ब्रिजर वाकर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment