Comments Add Comment

घरेलु मैदानमा हारपछि मेस्सी भन्छन् : धेरै कुरामा चेन्ज गर्नुपर्नेछ

२ साउन काठमाडौं । स्पेनका दुई जायन्ट क्लब हुन् रियल मड्रिड र बार्सिलोना । साविक विजेता बार्सिलोना यस पटक लिग उपाधि जोगाउने अभियानमा थियो । तर सकेन । उता रियलले ३ वर्षपछि स्पेनको क्कीर्भ डिभिजनको फुटबलको उपाधि जित्यो ।

एकातिर रियलले भियारियललाई २-१ ले पराजित गर्दै ३४औं पटक उपाधि जितेको खुशीयाली मनाइरहेको थियो । जसमा करिम बेन्जामाले दुई गोल गरेका थिए । अर्को तिर कप्तान लिओनल मेस्सीले गोल गर्दा पनि १० खेलाडीमा झरेको ओसासुनासँग बार्सिलोना पराजित भयो ।

बार्सिलोनालाई उपाधि रक्षा गर्न नसकेको र कमजोर टिमसँग हारको पीडा एकै पटक पर्‍यो ।

उक्त हारपछि कप्तान मेस्सीले आफ्नो फ्रस्ट्रेसन देखाइहाले । मेस्सीले यस सिजन सबै कुरा राम्रो नभइरहेको र अब चेन्ज गर्नुपर्ने बेला आएको बताए ।

‘रोमा लिभरपुल…फ्यानहरुको धैर्यता सकिसक्यो किनकि हामीले उनीहरुलाई केही दिइरहेका छैनौं ।’ मेस्सीले पोष्टम्याचमा भनेको मार्काले उल्लेख गरेको छ, ‘यदि हामी च्याम्पियन्स लिगमा फाइट गर्ने हो भने धेरै भेन्ज गर्नुपर्नेछ । यस्तै भए हामी नापोलीसँग पनि हार्नेछौँ ।’ बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा नापोलीसँग खेल्दैछ ।

मेस्सीले च्याम्पियन्स लिग जित्न अब कठिन हुने बताए । उनले ला लिगा जित्नका लागि बार्सिलोना योग्य नभएको समेत बताए ।

रियल मड्रिडको बारेमा सोध्दा मेस्सीले रियलले राम्रो खेलेको बताए । ‘ब्रेकपछि उनीहरुले कुनै खेल हारेका छैनन् । हामीले धेरै अंक गुमायौँ । हामीले गिभ अफ गर्नुहुन्न र हामी आत्म आलोचना गर्नुपर्छ । खेलाडीले त्यसकव सुरुआत गर्नुपर्छ । तर अरुले पनि ,’ मेस्सीले भने, ‘हामी बार्सिलोना हौँ र हामीले हरेक म्याच जित्न सक्षम हुनुपर्छ ।’

क्याम्प नोउनमा खेलाडीहरुमा धेरै रिस थियो र मेस्सीले पनि त्यही भने । ‘क्बलका मानिसहरु धेरै रिसाएका छन् । र यो सामान्य हो किनकि हामी सबै रिसकाएका छौँ, ‘ मेस्सीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment