+
२०औं एसियन गेम्स :

एसियन गेम्स : सफ्ट टेनिसको मिक्स्ड डबल्समा पदक दौडबाट बाहिरिए कमल र जर्जिया

२०८३ असोज  ५ गते ११:२० २०८३ असोज ५ गते ११:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन गेम्सअन्तर्गत सफ्ट टेनिस मिक्स्ड डबल्समा नेपालका कमल भण्डारी र जर्जिया चौधरी पदक दौडबाट बाहिरिएका छन् ।
  • जापानको हिगाशियामा पार्क टेनिस सेन्टरमा भएको नकआउट चरणमा उनीहरू इन्डोनेसियाली जोडीसँग ५–१ ले पराजित भएका हुन् ।
  • यसअघि नेपाली टोली पुरुष डबल्सबाट पनि बाहिरिसकेको छ, र कमल तथा जर्जियाले अब सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् ।

५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत सफ्ट टेनिस मिक्स्ड डबल्स विधाको पदक दौडबाट नेपालका कमल भण्डारी र जर्जिया चौधरी बाहिरिएका छन् ।

जापानको हिगाशियामा पार्क टेनिस सेन्टरमा भएको नकआउट चरणको खेलमा उनीहरु इन्डोनेसियाका फर्नान्डो सांगेर र आरासी सिटीको जोडीसँग ५–१ ले पराजित हुँदै बाहिरिए ।

समूह चरणमा एक खेलमा जिट र एक खेलमा हार बेहोरेर नकआउट चरणमा प्रवेश गरेका थिए । मंगोलियाका खेलाडीलाई पराजित गरेको कमल–जर्जिया जोडी चाइनिज ताइपेइका खेलाडीसँग पराजित भएको थियो ।

यसअघि नेपाली टोली पुरुष डबल्स विधामा पनि बाहिरिसकेको छ । कमल र प्रदीप खत्रीले पुरुष सिंगल तथा जर्जियाले महिला सिंगलमा प्रतिस्पर्धा गर्नेछन् ।

२०औं एसियन गेम्स सफ्ट टेनिस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय