Comments Add Comment

साम्राज्ञीको शोभितलाई जवाफ–‘रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’

नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविचको विवाद अहिले सेलाउँदै गएको छ । तर, साम्राज्ञी र भूवन केसीको विवादको बिषयमा विभिन्न चलचित्रकर्मीले आफ्नो भनाई भने सार्वजनिक गरिरहेका छन् ।

निर्देशक शोभित बस्नेतले पनि यो बिषयमा आफ्नो भनाई राखिरहेका छन् । शोभितले एक अन्र्तवार्तामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बिषयमा भनेका थिए–‘विरगञ्जमा रिक्सा चढेर हिड्ने मान्छे अहिले भूवन केसीकै कारणले गर्दा कार चढेर हिड्ने भएकी छिन् । भूवनकै कारणले ‘ड्रिम्स’बाट स्टार भएको मान्छेले अहिले उनैलाई आरोप लगाउन मिल्छ ?’

शोभितले खाना र छाताको प्रसंग उठाउँदै भनेका छन्–‘साम्राज्ञीको मामा रवि बस्नेत निर्माता भएको चलचित्रमा खाना नपाउँदा र छाता ओड्न नपाउँदा गल्ती भूवन केसीको हुन्छ कि रवि बस्नेतको ?’

साम्राज्ञीले शोभितको यो प्रश्नको जवाफ दिदै भनेकी छिन्–‘एक जना मानिसले मैले विरगञ्जमा रिक्सा चढेर हिड्थ्यो भन्नुभएछ । म उहाँलाई त व्यक्तिगत रुपमा चिन्दिनँ । तर, उहाँको छोरा मेरो राम्रो साथी हो । हो, म विरगञ्जमा रहँदा रिक्सा चढ्थेँ । यसपछि, म दिल्लीमा बसेर पढेँ । अहिले काठमाण्डौमा छु । ठूला–ठूला कार चढौं कि के गरौं त्यो मेरा कुरा हो । रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’

उनले ‘कस्तो सस्तो सोचाई’ भन्दै अगाडि भनेकी छिन्–‘मेरो साथी निकै राम्रो मान्छे हुन् । तर, उनको पिताको कस्तो सस्तो मानसिकता हो ?’

उनले आक्रोशित हुँदै भनिन्–‘म रिक्सा चढौं कि, टेम्पु चढौं कि, कार चढौं कि ? यसले मलाई सानो र ठूलो बनाउँछ त ? कस्ता कस्ता मानिसहरु मेरो विरुद्धमा बोलिरहेका छन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment