Comments Add Comment

जसपाले भन्यो– नागरिक विरोधी निर्णय खारेज गर

४ साउन, वीरगञ्ज । जनता समाज पार्टी (जसपा) नेपालले नागरिक विरोधी निर्णय खारेज गर्न माग गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीमार्फत प्रधानमन्त्रीको कार्यालय, स्वास्थ्य मन्त्रालय र प्रदेश २ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जसपा वीरगञ्ज कमिटीले त्यस्तो माग गरेको हो ।

जसपाका लियाकत अली नेतृत्वको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारी कार्कीलाई ज्ञापनपत्र बुझाएको हो । अलीले आफूलाई वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहेकोे दावी गर्दै आइरहेका छन् ।

संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेपनि स्थानीय स्तरमा पार्टीको एकीकृत कमिटी बनेको छैन । त्यसैले वीरगञ्जमा विभिन्न समूहले जनता समाजवादी पार्टीको नेतृत्वमा आ–आफ्नो दाबी प्रस्तुत गर्दै आइरहेका छन् ।

लकडाउनमा सर्वसाधरणले आत्महत्या गर्ने क्रम ह्वात्तै बढेको, नागरिक ऋणमा डुबेका बेला सरकारले ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण गर्ने उर्दी जारी गर्नु, काठमाडौं जान भिसा लगाएको अनुभव हुने गरी पासमा कडाइ गरिनु नागरिक विरोधी निर्णय भएको ठहर जसपाको छ ।

ज्ञापनपत्र बुझाउन जनता समाजवादी पार्टीका नेता राजेशमान सिंह लगायतको टोली जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment