Comments Add Comment

सिंहदरबारका सफाइ कर्मचारीमा कोरोना परीक्षण गरिने

४ साउन, काठमाडौं । सरकारले सिंहदरबारभित्रका सफाइ कर्मचारीमा कोरोना परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्तरीय टोलीले सिंहदरबारभित्रका सफाइ कर्मचारीमा कोरोना संक्रमण पत्ता लगाउन परीक्षण गर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उक्त टोलीले विदेशबाट आएका, कोरोना पोजेटिभ व्यक्तिको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मीहरुको पनि चिकित्सकको सल्लाह बमोजिम कोरोना परीक्षण गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रालयले विदेशबाट हवाई मार्ग हुँदै नेपाल फर्किनेलाई ५ दिन होल्डिङ सेन्टरमा राखेर परीक्षण गरी स्थानीय तहमा पठाउने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्थल मार्गबाट आउनेहरुलाई पनि परीक्षण गरेर मात्र स्थानीय तहमा पठाइनेछ । स्थानीय तहले विदेशबाट फर्किनेलाई क्वारेन्टिनमा राख्दै आएको छ ।

गत असारमा विदेशबाट उद्धार गरिएका धेरै नेपालीलाई होल्डिङ सेन्टरमा केही बेर राखेर मात्र स्थानीय तह पठाउने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment