+
+
Shares

कैलालीमा क्वारेन्टिनबाट भागेका पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते १८:३०

४ साउन, कैलाली । कैलालीमा क्वारेन्टिनबाट भागेका एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिकाका ४५ वर्षीय शेरबहादुर आउजी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आउजीको शव गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेको सूर्यदय सामुदायीक वनमा फेला परेको थियो ।

उनी गत साउन १ गते मात्रै भारतबाट फर्किएर गोलादेवी विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा बस्दै आएका थिए । मृतक पुरुष आइतबार बिहानै क्वारेनटिनबाट भागेको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले बताइन् ।

अहिले प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ‘हामी अनुसन्धानमै छौं,’ जिल्ला प्रहरी कर्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम समसेर जबराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?