+

च्याम्पियन रियल बराबरीमा रोकियो

२०७७ साउन  ५ गते ७:३१ २०७७ साउन ५ गते ७:३१
च्याम्पियन रियल बराबरीमा रोकियो

५ साउन, काठमाडौं । स्पानिस ला लिगाको च्याम्पियन रियल मड्रिड सिजनको अन्तिम खेलमा लेगानेससँग बराबरीमा रोकिएको छ । एक खेल अघि नै उपाधि जितेकको रियलले लेगानेससँग २-२ को बराबरी खेलेको हो ।

कोरोना भाइरस महामारीपछि मार्चमा फेरि लिग सुरु भएयता रियलले लगातार १० खेल जित्दै ३४औं पटक लिग उपाधि जितेको थियो । तर अन्तिम खेलमा भने रियलले अंक बाँडेको छ ।

लेगानेसको मैदानमा भएको खेलको नवौं मिनेटमा सर्गियो रामोसले गोल गर्दै रियललाई पहिले अग्रता दिलाएका थिए । ब्रायन गिलले पहिलो हाफको अन्तिम समयमा लेगानेसको लागि बराबरी गोल फर्काए । मार्को असेन्सिओले ५२औं मिनेटमा गोल गर्दै रियललाई फेरि अग्रता दिलाए । रोजर एसलले ७८औं मिनेटमा लेगानेसका लागि बराबरी गोल फर्काएका थिए ।

बराबरीपछि लेगानेस अन्तिम ३ मा रहेर रेलिगसनमा परेको छ । यसअघि नै च्याम्पियन बनेको रियलले ३८ खेलबाट ८७ अंक जोडेर लिग सकाएको छ ।

यस्तै एट्लेटिको मड्रिडले रियल सोसिडाडसंग १-१ को बराबरी खेल्दै तेस्रो स्थानमा लिग सकाएको छ । भ्यालेन्सियालाई १-० ले पराजित गर्दै सेभिया चौथो भएको छ ।

आइबरलाई ४-० ले पराजित गर्दै भियारियल पाँचौ स्थानमा रहेर अर्को सिजनको युरोपा लिगमा छनोट भएको छ । छैटौं स्थानमा रहेर लिग सकाएको सोसिडाडले युरोपा लिगको लागि प्लेअफ खेल्नेछ ।

रियल मड्रिड स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय