Comments Add Comment

राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि दुःखद : शेखर कोइराला

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु दुःखद भएको बताएका छन् ।

नेता कोइरालाले राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्ने पनि बताएका छन् ।

आज ट्वीट गर्दै नेता कोइरालाले राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि अत्यन्तै दुःखद भनेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन । साझा, सम्मानित र सर्वोच्च निकाय हो । राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ । पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि अत्यन्तै दुःखद हो ।’

नेकपा नेताहरुलाई पटक–पटक शितल निवास बोलाएर नेकपाको विवाद समाधानको पहल गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना हुँदै आएको छ । शनिबार पनि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डलगायतका नेकपा नेताहरुले राष्ट्रपतिलाई साक्षी राखेर विवाद समाधानको प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment