Comments Add Comment

पूजाको आग्रह

लकडाउनको समयमा चर्चामा आएको एक अन्तरवार्ता मा नायिका पूजा शर्माले नेपालमा १४ जिल्ला रहेको बताएकी थिइन् । सो अन्तरवार्ता चर्चामा आएपछि नायिका पूजा शर्माले पहिलो पटक अनलाइनखबरसँगको कुराकानीमा माफी मागिन् ।

पूजाले भनिन्–‘हो, म दर्शकको धेरै माया पाएर मात्तिएकी थिएँ । मैले यी कुराहरु जान्नुपर्ने हो । तर, अब म आफूलाई यस्तो कुरामा सजग बनाउँछु । सबै दर्शकको मन दुखेको छ, म माफी माग्न चाहन्छु ।’
नायिका शर्मा चलचित्र निर्माण र रिलिजको वातावरण तयार भएपछि ‘म यस्तो गीत गाउँछु २’को प्रचार र नयाँ चलचित्रको काममा व्यस्त हुनेछिन् ।

अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा यी सुन्दरीले गसिप, ट्रोल आउँदा आफूले मानसिक रुपमा दबाब महशुश नगरेको बताइन् । उनले भनिन्–‘म त आफूलाई लक्की नै ठान्छु । विदेशमा त गसिप बनाउनका लागि म्यानेजर नै राखिन्छ । बोल्न त धेरै मानिसले बोल्छन् । तर, हामीले बोलेको हरेक कुरा रेकर्ड हुन्छ । यसैले, अहिले खोजी खोजी ती कुराहरु बाहिर ल्याइएका छन् । म आग्रह गर्न चाहन्छु कि, यी कुराहरुमा दुःख नगरौं । विगत गैसकेको छ, अब आउने दिनमा पनि मैले यस्तै गल्ती गरे भने मेरो आलोचना गर्नुहोला ।’

चलचित्र क्षेत्रमा अगाडि अंकमाल गरेपनि पछाडि कुरा काट्ने काम धेरै हुने पूजाले बताइन् । पूजाले भनिन्–‘साथी र परिवार भैसकेपछि पछाडि कुरा काट्ने होइन । एक अर्कालाई समर्थन गर्न सक्नुपर्छ । होइन भने, भेट्दा मुस्कुराएर मात्र काम छैन ।’

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment