Comments Add Comment

पार्टी सदस्यको राजीनामा गाउँपालिकामा दर्ता 

५ साउन, सुर्खेत । सुर्खेतमा राजनीतिक दलका एक कार्यकर्ताले पार्टी सदस्यबाट दिएको राजीनामा गाउँपालिकाको कार्यालयमा दर्ता भएको पाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडास्तरीय एक कार्यकर्ताले सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए ।

वडा नम्बर १ घोरेटाका वडा कमिटी सदस्य रामप्रसाद शर्माले पार्टीबाट दिएको राजीनामा गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकाको प्रशासनमा दर्ता गराएको पाइएको हो ।

शर्माले वडा कमिटी सदस्यबाट दिएको राजीनामा गाउँपालिकाको प्रशासनमा दर्ता गराई तोकसमेत लगाइएको छ । केसी तत्कालीन एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । अहिले उनी नेकपाका सिम्ता गाउँ कमिटीका अध्यक्ष पनि हुन् ।

राजीनामा पत्र साउन २ गते गाउँपालिकाको ३६ नम्बरमा दर्ता भएको छ । अध्यक्षद्वारा ‘श्री प्रशासन नियम अनुसार निजको सम्झौता गरी प्रचलित कानुन अनुसार काममा खटाउने’ भनेर आदेशसमेत गरिएको छ ।

राजीनामा पत्र दर्ताबारे जिज्ञास राख्दा केसीले भने, ‘शर्मा सामुदायिक स्वास्थ्य केन्द्र घोरेटाका प्रमुख हुन् । उनी करारको रुपमा त्यहाँ कार्यरत छन् । जागिर सुरक्षित गर्नका लागि उनले पार्टीबाट राजीनामा दिएका हुन् ।’

करार अवधि थप गरी अहिले उनी पुनः सोही स्वास्थ्य केन्द्रमा कार्यरत रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment