+
+
Shares

पोखरा–बागलुङ सडकखण्ड खुलाउने प्रयास जारी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १०:४६

६ साउन, पर्वत । पर्वतको कुश्मा नगरपालिका–२, नयाँ पुलमा अबरुद्ध सडक प्रहरीको संयोजनमा खुलाउने प्रयास भइरहेको छ ।

गएराति पोखरा–बागलुङ सडकखण्डमा ठूलो ढुंगा खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । अबरुद्ध बाटोलाई जिल्ला प्रहरी कार्यालय, पर्वतबाट ५ जनाको टोली समेत खटाएर स्काभेटरको प्रयोगबाट खुलाउने प्रयास भइरहेको छ ।

प्रहरीका अनुसार हाल बाटोको केही अंश खुलिसकेको छ र साना सवारीसाधन सूचारु भएका छन् । बाटो पूर्ण रुपमा खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?