Comments Add Comment

धादिङको जवाङखोलामा पहिरोले १२ घर बगायो, ८ गाडी पुरिए

तस्वीर : दानबहादुर गुरुङको फेसबुकबाट

५ साउन, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका जवाङ खोलामा सोमबार पहिरोले १२ घर बगाएको छ । गाउँपालिका कार्यालयका अनुसार जवाङ खोलामा सञ्चालित ढुंगाखानीमा पहिरो खसेको हो ।

पहिरोमा कुनै मानवीय क्षति भएको छैन । घर बगाएका १२ परिवारलाई अहिले सुरक्षित स्थानमा राखिएको गाउँपालिकाका कार्यकारी अधिकृत लक्षण भट्टराईले जानकारी दिए ।

पहिरोले ३ वटा टिपर पुरेको छ भने पाँचवटा एस्काभेटर समेत पुरेको भट्टराईले जानकारी दिए । अविरल वर्षाका कारण अहिले सो क्षेत्रमा विद्युत र इन्टरनेट सेवा बन्द भएको छ । क्षतिको यकिन विवरण संकलन गर्न नसकिएको कार्यकारी अधिकृत भट्टराईले जानकारी दिए ।

अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङका विभिन्न सडक खण्डहरूमा पहिरोले अवरोध सिर्जना गरेको छ ।

सोमबार नै धादिङको मौवा खोलामा बाढीले पुल बगाउँदा अझै आवतजावत बन्द भएको छ भने अरू पनि विभिन्न ठाउँमा गएको पहिरोले सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment