+

भदाै १ बाट खेलकुद प्रशिक्षण सुरु हुने

२०७७ साउन  ६ गते २१:०० २०७७ साउन ६ गते २१:००
भदाै १ बाट खेलकुद प्रशिक्षण सुरु हुने

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण चार महिना देखि प्रभावित रहेको नेपाली खेलकुदको प्रशिक्षण भदौ १ गतेदेखि खुल्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलन गर्दै भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न सकिने बताए ।

यो निर्णयपछि अब विश्वकप छनोट खेल्ने तयारीमा रहेको राष्ट्रिय फुटबल टिमले पनि भदौ १ बाट प्रशिक्षण गर्न पाउने भएको छ ।

तर स्विमिङ पुल, जिमखाना लगायत हेल्थक्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति भने तत्कालका लागि खुल्ने छैन । यी ठाउँ अर्को सूचना नआएसम्मको लागि बन्द रहनेछ ।

खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय