७ साउन, काठमाडौं । आयरल्याण्डविरुद्ध हुने ओडिआई क्रिकेट सिरिजमा लागि मोइन अली इंग्ल्याण्डको उपकप्तान चयन भएका छन् ।
अहिले भइरहेको वेष्ट इन्डिजविरुद्धको टेष्ट टोलीमा पर्न असफल रहेका अलराउण्डर अलीलाई इसीबीले आयरल्याण्डविरुद्धको तीन खेलको सिरिजका लागि उपकप्तान चयन गरेको हो ।
घरेलु भूमिमा हुने सिरिजको इंग्लिस टोलीको कप्तानी आयन मोर्गनले गर्नेछन् ।
सिरिज साउथह्याम्पटनको एजेस बाउलमा जुलाई ३० बाट सिरिज सुरु हुनेछ ।
कोरोनाभाइरस महामारीको असरलाई मध्यनजर गर्दै सिरिज बन्द रंगशालामा हुनेछ ।
इंग्लिस टोलीको अन्तिम टोली घोषणा भने अर्को साता हुने इसीबीले जनाएको छ ।
प्रतिक्रिया 4