+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सौरपानीको वडा कार्यालयमा गाउँलेले लगाए ताला

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १८:३२

७ साउन, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीका बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

सौरपानी स्वास्थ्यचौकी स्तरोन्नतीका लागि विनियोजन भएको रकम अन्यत्र खर्च गर्न लागेको भन्दै उनीहरुले विरोधमा तालाबन्दी गरेका हुन् ।

जिल्लाका तीन प्राथमिक स्वास्थ्य केन्द्रसहित सौरपानी स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गर्न संघीय सरकारले गत आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो । जसअनुसार सौरपानीले ४ करोड २ लाख रुपैयाँ पाएको थियो । तर उक्त रकमले पुरानो स्वासथ्य चौकी स्तरोन्नती नगरी हुडीफाँटमा अस्पताल बनाउने तयारी गाउँपालिकाले गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

‘जुन शीर्षकमा बजेट आएको छ त्यही शीर्षकमा खर्च गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ स्थानीय केशरीप्रसाद ढकालले भने, ‘हुडीफाँटमा बनाउने अस्पतालका लागि गाउँपालिकाले छुट्टै रकम हाल्नुपर्‍यो, स्वास्थ्यचौकी स्तरोन्नतीका लागि आएको रकम किन त्यहाँ हाल्ने ?’

यस बिषयमा गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई पटक पटक जानकारी गराउँदा पनि वेवास्ता गरेको स्थानीयको गुनासो छ ।

‘यो रकमले स्वास्थ्यचौकी स्तरोन्नती हुनुपर्छ तल लानुहुदैन भनेर हामीले पटक पटक वडाध्यक्ष, गाउँपालिका अध्यक्ष सबैलाई भन्यौ, मिटिङमा बोलाउछौ भन्नुभयो, हामी कुरेर बस्यौं, तर हामीलाई नबोलाई मिटिङ गरेर हुडीखोलामा बनाउन लागिएको गाउँपालिका स्तरीय अस्पतालमा त्यो रकम हाल्ने भन्ने निर्णय गर्नुभएछ’ ढकालले भने ।

स्थानीले थाहा भएपछि बुधबार वडाध्यक्ष भीमबहादुर गुरुङलाई फोन गरेर छलफल गर्न बोलाएका थिए, तर उनी नआएपछि कार्यालयमा ताला लगाएको ढकालले बताए ।

वडाध्यक्ष गुरुङले उक्त रकम स्वास्थ्यचौकी स्तरोन्नतीमै खर्च गर्नुपर्ने आफ्नो पनि माग रहेको बताए । ‘स्वास्थ्यचौकी स्तरोन्नतीका लागि आएको रकम त्यहीँ खर्च गर्नुपर्छ भन्ने मेरो पनि माग हो,’ उनले भने, ‘गाउँपालिकामा छलफल गरौंला भनेर मैलै नै उहाँहरुलाई भनेको थिएँ तर आज एक्कासी कार्यालयमा ताला लगाउनुभएछ ।’

गाउँपालिका अध्यक्ष विष्णु भट्टले सौरपानी स्वास्थ्य चौकी स्तरोन्नतीका लागि आएको रकमले हुडीफाँटमा अस्पताल बनाउन लागेको कुरा गलत भएको बताए ।

‘गाउँपालिकास्तरीय अस्पताल र अन्य कार्यालयहरु बनाउने भनेर हामीले यसअघि नै हुडीफाँटमा करिब ६५ रोपनी जग्गा किनेर राखिसकेका छौं, त्यहीँको ११ रोपनी जग्गामा १५ शय्याको अस्पताल बनाउने भन्ने हो तर स्वास्थ्य चौकी स्तरोन्नतीको कार्यक्रम अन्तर्गत हैन,’ उनले भने ।

यस विषयमा छलफल गर्न वडा नम्बर ४ का वासिन्दालाई शुक्रबार बोलाएको अध्यक्ष भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?