Comments Add Comment

सुदूरपश्चिम थप ३५ जनामा कोरोना पुष्टि, कञ्चनपुरका मात्रै २६ जना

८ साउन कैलाली । बिहीबार सुदूरपश्चिम प्रदेशमा ३५ जना कोरोना भाइरस -कोभिड-१९)का सक्रमित थपिएका छन् । तीमध्ये २६ जना कञ्चनपुर जिल्लाका हुन् ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाका ५ जना, शुक्लाफाटाका १३ र बेल्डाँडी कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पुष्टि भएका २६ जनामध्ये ५ जना महिला र २१ जना पुरुष रहेको श्रेष्ठले जानकारी दिए ।

त्यस्तै डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डोटीका सात र डडेल्धुराका दुईजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

बिहीबार ३५ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार १७७ पुगेको छ ।

संक्रमण पुष्टि भएका दुई हजार २३३ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिममा अहिलेसम्म कैलालीका ९८५ जना, अछामका ६४५, डोटीका ६४४, बाजुराका ६१६, कञ्चनपुरका ५१३, जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयको तथ्याङ्कमा रहेको छ ।

डडेल्धुराका २९९, बैतडीका २७६, बझाङका १७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment