
८ साउन, काठमाडौं । इरानमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म इरानमा कोरोना भाइरसको कारण १५ हजार ७४ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण २२१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा इरानमा कोरोना भाइरसका दुई हजार ६२१ नयाँ संक्रमित थपिएका छन् । यससँगै इरानमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या दुई लाख ८४ हजार ३४ पुगेको छ । पछिल्लो केही दिनयता इरानमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ ।
स्रोत : अलजजिरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4