Comments Add Comment

द चेनस्मोकर्स र 1974 AD एकैसाथ टुबोर्ग ओपनमा

८ साउन, काठमाडौं । डेनिस बियर ब्राण्ड टुबोर्गले यस वर्षको लागी आफ्नो टुबोर्ग ओपन अभियान शुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी ‘द चेनस्मोकर्स’ को साथमा सहकार्य गरि देशभरका संगीतप्रेमीहरुलाई नयाँ संगीत पेश गर्नेछ ।

हालै विश्वव्यापी प्रचलित कलाकारहरु मध्ये एक रहेका ‘द चेनस्मोकर्स’ टुबोर्ग ओपनको साथमा नेपालको लोकप्रिय फोल्क–रक ब्याण्ड 1974 ADसँग सांगीतिक सहकार्य गर्दै संगीतप्रेमीहरुलाई यस अभियानतर्फ प्रोत्साहित गर्दैछन् ।

निर्माता जोडी, एलेक्स पाल र ड्रिउ टग्गार्ट समावेश रहेको ‘द चेनस्मोकर्स्’ ले २०१६ मा ‘दया’ सँगको ‘डोन्ट लेट मी डाउन’ र ‘हेल्से’ सँगको ‘क्लोजर’ जस्ता हिटहरुबाट विश्वव्यापी ख्याती प्राप्त गरे । डिसेम्बर २०१८ मा ‘द चेनस्मोकर्स’ ले ‘सिक बोई’ एल्बम रिलिज गरे जसले हालसम्म १ अर्ब भन्दा बढी स्ट्रिम प्राप्त गरेको छ ।

एलेक्स पालले 1974 AD सँग काम गर्ने उत्सुक्ता जनाउँदै भने, “त्यस क्षेत्रको निकै सफल समुहसँग काम गर्न पाउने थाहा पाउँदा हामी साह्रै उत्सुक छौं । यस प्रोजेक्टको मुख्य लक्ष्य पनि यही हो ।”

उनले थपे, “टुबोर्गले विश्वको दुई कुनामा रहेका कलाकारहरुलाई जोड्न सफल बनाईरहेको छ नत्रभने हामी दुवैलाई एकअर्कालाई चिन्न वा सम्पर्कमा रहन निकै गाह्रो हुन्थ्यो । साथै, अब हामी नेपाल आउँदा घुलमिल गर्न पनि साथी पाउने भयौं ।”

टुबोर्ग ओपनले विश्वभर विभिन्न संस्कृति र पृष्ठभूमि रहेका कलाकारहरु साथमा जोड्दै संगीतको माध्यमबाट मानिसहरुलाई ‘ओपन टु मोर’ रहन प्रोत्साहित गर्दछ ।

प्रोजेक्टबारे आफ्नो धारणा राख्दै ड्रिउ टग्गार्टले भने, “हामी सधैँ विश्वभरका अरु सिर्जनशील कलाकारहरुसंग काम गर्न नयाँ तरिकाहरु खोजीरहेका हुन्छौँ । हामीले धेरै सांगीतिक सहकार्यहरु गरेका छौ, हाम्रो आफ्नै गीतहरुसँग हामीले ३० वटा भन्दा बढी सहकार्यहरु गरेका छौ र त्यो प्रक्रियाले हामीलाई धेरै सिकाएको छ । यस प्रकारको अवसर अरु कलाकारहरुलाई दिनु सधैँ हाम्रो लागी महत्वपूर्ण रहेको छ ।”

1974 AD भन्छन्, “यो हाम्रो लागी पूर्ण रुपमा नयाँ अनुभव रहेको छ र हामीलाई लाग्छ कि हामीले आफुलाई हाम्रो शैली भन्दा बाहिरको सोच्न जोड दिएका छाैं । ‘द चेनस्मोकर्स’ सँग सहकार्य गर्न पाउनु हाम्रो लागीे निकै राम्रो अवसर हो र हामी निश्चित छौं कि यो सहकार्यको नतिजा सुन्दा हाम्रो दर्शकहरु खुसी हुनुहुनेछ । संगीतकारको रुपमा, हामीलाई संगीत बनाउन र विभिन्न कलाकारहरुसँग काम गर्न मनपर्छ र यो सम्भव पार्नका लागी हामी टुबोर्गलाई धन्यवाद दिन चाहन्छौँ । हामी सबै गीत रिलिजको प्रतिक्षामा छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment